JanataToday.com

Advertisment

SKIP THIS

पोखरामा लगातार तेस्रो दिन प्याराग्लाइडिङ दुर्घटना, आज पनि एकको मृत्यु

पोखरामा लगातार तेस्रो दिन प्याराग्लाइडिङ दुर्घटना, आज पनि एकको मृत्यु

पोखरा । पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केहीबेरमै दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो ।

यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो । फेवातालमा खसेका रोमानियाली नागरिककाे उपचारका क्रममा ज्यान गएकाे थियाे ।

साेमबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुईजना घाइते भएका थिए । कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा साे दुर्घटना भएकाे थियाे

प्रकाशित मिति : मंगलबार, फाल्गुन २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij