सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कारण छैन : देउवा

सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कारण छैन : देउवा

काठमाण्डाै – सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ ।

कांग्रेसका सभापति देउवाले सबै किसिमबाट वर्तमान सरकारले गति लिएको दाबी गर्नुभयो । विपद्का बेलाको उद्धार तथा त्यसपछिको राहत र व्यवस्थापनमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सरकारले राम्रो काम गरेको छ । सरकारले गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ ।  सरकारकाे कामबाट काँग्रेस सन्तुष्ट छ ? कसले भन्यो असन्तुष्ट छ भनेर ।’

सभापति देउवाले वर्तमान सरकार पूरा कार्यकाल अर्थात् एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताउनुभयो ।

सभापति देउवाले अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक रहेको उल्लेख गर्नुभयाे ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij