बुटवल-लुम्बिनी प्रदेशस्तरीय डान्स रियालिटी शो नेपाली डान्स मिनिस्टर २०८१ को उपाधि इडन इङ्लिस बोर्डिङ स्कुल नहरपुरका कक्षा ४ मा अध्ययनरत छात्रा सृष्टि कुँवरले हात पार्नुभएको छ। कुँवरले विभिन्न चरणमा गराइएको प्रतिस्पर्धाबाट उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गर्नुभएको हो । आफ्नो विद्यालयका छात्राले प्रथम स्थान हासिल गरेको तथा कक्षा ७ मा अध्ययनरत अर्की छात्रा शाहिस्ता शाहिको समूह द ब्रेभ गोरखा सिनियरले वेस्ट डान्सरको उपाधि जित्न सफल भएको र साहिष्मा श्रेष्ठको समुहले छैठो स्थान हासिल गरेको इडन बोर्डिङका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगितामा समावेश भई उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा इडन स्कुलले विजेताहरूलाई बधाई तथा सम्मान व्यक्त गरेको छ। बुटवल मिलनचोकमा भएको फाइनल प्रतिस्पर्धामा सयौँ प्रतिस्पर्धीलाई उछिन्दै सृष्टि कुँवर प्रथम , ब्रेभ गोरखा किड्स द्वितीय, तथा केपीएल डान्स क्रु ले तृतीय स्थान हासिल गरेका थिए। मोडलहरू अस्मिता रणपाल कविता न्यौपाने सुमन थापा निर्णयक रहेको प्रतियोगिताको विजेताले स्कुटीसहित नगद रु. १ लाख र म्युजिक भिडियो खेल्ने अवसर समेत प्राप्त गरेको, त्यस्तै प्रतियोगिताका द्वितीय हुनेले ५० हजार तृतीयले २५,००० र प्रोत्साहन हुनेले ५००० प्राप्त गरेको आयोजक छमछमी इन्टरटेन्मेन्ट प्रालीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, कार्तिक १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्