संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताकाे औचित्यमाथी प्रश्न उठ्याे : सभापति पुन

संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताकाे औचित्यमाथी प्रश्न उठ्याे : सभापति पुन

 

बुटवल,

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिं पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताकाे औचित्यमाथी प्रश्न उठ्न थालेको बताएका छन् ।

 

प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सरकारले काम गर्न नसकेको भन्दै उनलेे प्रदेशलाई अधिकार सम्पन्न गराउनुकाे सट्टा अंकुश लगाउने काम भएको बताए ।

 

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा साेमबार बुटवलमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै सभापति पुनले राजनीतिक नेतृत्व कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताकाे अनुभुती गर्न नपाएको धारणा राखे ।

 

स्थानीय तहका जनता तथा कार्यकर्ताकाे भावना र समस्या बुझ्न आफुले सभापतिसँग पालिका सम्वाद कार्यक्रम लिएर स्थानीय स्तरमा पुगेको भन्दै उनलेे त्यस क्रममा जनस्तरबाट पनि संघीयताकाे अनुभुती गर्न नपाएको गुनासो गरेको जानकारी गराए ।

 

नेपाली कांग्रेस मात्रै नभएर सबै पार्टीका केन्द्रीय नेतृत्वमा रहेका नेता तथा कर्मचारी संयन्त्रले संघलाईनै बलियो बनाउने तर्फ लागेको भन्दै उनलेे राजनीतिक नेतृत्वले केन्द्रिकृत मानसिकता त्यागेर जनताका आवश्यकता र माहरू सम्बाेधन गर्नुपर्नेमा जाेड दिए ।

 

जनताको लामो संघर्ष र बलिदानबाट संघीय लाेकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै सभापति पुनले भने – “कि संघीयताकाे मर्म र भावना अनुसार चल्नुपर्छ संघीयता आवश्यक छैन भने खारेज गरिदिए हुन्छ ।”

 

प्रदेश सरकारका मन्त्री छनाेट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताकाे कुनै अर्थ नहुने उनको भनाइ छ ।

 

देश संकटमा परेका बेला कांग्रेस एमाले एक ठाउँमा उभिने गरेको स्मरण गर्दै उनलेे अहिले पनि मुलुक संकटमा परेकाले दुई दल मिलेर अन्य दललाई समेत मिलाएर अगाडि बढेकाे उल्लेख गरे ।

 

राजनीतिक स्थायित्व र मुलुककाे समृद्धिका लागि दुई ठूला दल मिलेको भन्दै सभापति पुनले बर्तमान सरकारलाई फलनाले गर्न दिएन भनेर उम्किने छुट नभएको बताए ।

 

न्यायालयलाई प्रभाव पार्नेगरी प्रदर्शन गर्नु गलत भएको भन्दै उनलेे कुनै दल बिशेशलाई केन्द्रमा राखेर दल बिभाजन अध्यादेश ल्याउनुभन्दा समस्या छन् भने सबैलाई सधैं काम लाग्नेगरी ऐन ल्याउन सरकारलाई सुझाव दिए ।

 

प्रेस युनियन रूपन्देहीका सभापति कबिन्द्र नेपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij