दाङ – दाङमा मोटरसाइकलको ठक्करबाट घाइते भएका दुई जना पैदलयात्रुमध्ये एक जना पुरुषको ज्यान गएको छ । घोराही उपमहानगरपालिका– १४ लुहासुरका ५५ वर्षीय नन्दबहादुर घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा ज्यान गएको हो ।
त्यस्तै मोटरसाइकलको ठक्करबाट घाइते घोराही उपमहानगरपालिका– १४ बस्ने ४५ वर्षिया मनमती नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले पैदलयात्री घर्ती र नेपालीलाई ठक्कर दिएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्