JanataToday.com

Advertisment

SKIP THIS

नेपाल नागरिक उड्डयन प्राधिकरणले चर्को भाडा नलिन एअरलाइन्सलाई आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले चर्को भाडा नलिन एअरलाइन्सलाई आग्रह

काठमाण्डौ –

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द भएको मौका छोपेर चर्को भाडा नलिन आग्रह गरेको छ । आज प्राधिकरणसहित सरकारी सरोकारवाला निकायको बैठकले तोकिए अनुसारको हवाई भाडा मात्र कायम जिम्मेवारी वायुसेवा सञ्चालकको हुने भन्दै वायुसेवा सञ्चालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी काम गर्नुपर्ने उल्लेख गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि उडान कटौती हुँदा एअरलाइन्सले चर्को भाडा लिइरहेका छन् ।

आज नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसमेतको उपस्थितीमा छलफल भएको हो ।

छलफलले सम्पूर्ण वायुसेवा सञ्चालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । यस्तै सबै वायुसेवा सञ्चालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको शीर्षकमा उल्लेख भए अनुसार उपभोक्तालाई मर्का पर्ने गरी हवाई अनुचित भाडा असुल गर्न नहुने प्रावधानको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij