JanataToday.com

Advertisment

SKIP THIS

१९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोलीको घोषणा

१९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोलीको घोषणा

काठमाण्डाे – एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आउँदो महिना आयोजना हुने १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । प्रमुख प्रशिक्षकको जिम्मेवारी शक्ति गोचनले पाएका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षकका रूपमा रहेका छन् ।

यसैगरी १९ वर्षमुनिको टोलीमा कप्तान हेमन्त धामी, उपकप्तान अर्जुन कुमालसहित आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार रहेका छन् ।

एसीसी पुरुष १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलङ्कासँग खेल्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २९ अर्थात् मंसिर १४ गते श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल र श्रीलङ्कासहित बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’ छन् । भारत, पाकिस्तान, यूएई र जापान समूह ‘ए’ मा छन् ।

नेपालले डिसेम्बर १ मा बङ्गलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग समूह चरणको खेल खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।

एशियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको तीन गरी जम्मा आठ टोलीले प्रतिस्पर्धा गर्ने १९ वर्षमुनिको एशिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईको दुबई र शारजहाँमा हुनेछ ।

 

 

प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij