प्रदेश सरकारको प्राथमिकतामा लुम्विनी, सवा ४ करोडका कार्यक्रम सहित लुम्विनी भ्रमण वर्ष मनाइने

प्रदेश सरकारको प्राथमिकतामा लुम्विनी, सवा ४ करोडका कार्यक्रम सहित लुम्विनी भ्रमण वर्ष मनाइने

बुटवल । प्रदेश नम्वर ५ को सरकारले २०७६ साललाई लुम्विनी भ्रमण वर्ष मनाउने निणर्य गरेको छ ।

आज बसेको प्रदेश मन्त्रि परिषदको बैठकले ४ करोड १९ लाख ६० हजार रुपैया खर्च गर्ने गरी लुम्विनी भ्रमण वर्षका कार्यक्रम सञ्चालन गर्न कार्यबिधि स्विकृत गरेको छ ।

लुम्विनीमा आन्तरीक पर्यटन बढाउन प्रदेश सरकारले बजेट र कार्यक्रम सहित लुम्विनी भ्रमण बर्ष मनाउने निणर्य गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिए ।

भ्रमण वर्षमा प्रचार प्रसार, सरसफाई, डकुमेण्टी निर्माण, साहित्यिक कार्यक्रम, स्थानीय टुर गाइड तालिम, पर्यटन तथा फुड फेष्टिवल लगायतका कार्यक्रम तय गरीएको छ ।

लुम्विनीमा आउने पर्यटकहरुले कम समय मात्रै नेपालमा विताउने गरेको तथ्यलाई ध्यानमा राखेर पर्यटकको वसाइ लम्वाउने खालका कार्यक्रममा जोड दिइने छ ।

लुम्विनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर नै भ्रमण वर्षका कार्यक्रम अगाडी बढइने छ ।

भ्रमण वर्ष मनाउन मुख्यमन्त्री शंकर पोखरलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाइने छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रमका लागि कपिलवस्तुको यशोधरा गाउपालिका थप गर्ने निणर्य गरेको छ ।

त्यस्तै प्रदेश अन्र्तगतका भूमिहिन किसानलाई करारखेतिमा बढीमा ३ लाख रुपैयासम्म अनुदान उपलब्ध गराउन कार्यबिधि समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij