बुटवल । कपिलवस्तुमा गएराती प्रहरीले ठूलो मात्रमा हातहतियार वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवरा नगरपालिका ९ शिवगढी तुरुन्तपुरमा प्रहरीले विभिन्न घरमा खानतलासी गर्ने क्रममा हातहतियार वरामद भएका हुन ।
विशेष सुराकीका आधारमा परिचालित प्रहरीले हातहतियार बरामद गरेको हो । जिप्रका कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अचुत्तमप्रसाद पुडासैनीका अनुसार स्थानिय दुर्गा वहादुर रोकाको घरबाट २ थान एसएमजी र थान चाइनिज पेस्तोल र विभिन्न हतियारमा प्रयोग हुने २ सय भन्दा पनि बढी थान गोलि बरामद भएका छन ।
त्यस्तै केही विस्फोटक पदार्थसमेत रहेको प्रहरीले जनाएको छ । खानतलासीका क्रममा रोका भागेपछि नियन्त्रणमा लिन गोलि चलाउनुपरेको प्रहरीले जनाएको छ । रोकाको खुट्टामा गोलि लागेको र सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्हरीले त्यस क्षेत्रमा अन्य घरहरुमा पनि खानतलासी गरेको जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्