सैनामैनाको नवदुर्गा भवानी शैलापुत्री शक्ति पिठमा करोड दिप प्रज्वलन

सैनामैनाको नवदुर्गा भवानी शैलापुत्री शक्ति पिठमा करोड दिप प्रज्वलन

 

सैनामैना– रुपन्देहीको सैनामैना–३, मुर्गिया स्थित नवदुर्गा भवानी शैलापुत्री शक्ति पिठमा करोड दिप प्रज्वलन गरिएको छ । मन्दिरको ५० औं वर्ष पूरा भएको अवसरमा हरिबोधनी एकादशीका दिन मंगलबार एक कार्यक्रमको आयोजना गरि करोड दिप प्रज्वलन गरिएको मन्दिर व्यवास्थापन समितिले जनाएको छ । दिप प्रज्वलन कार्यक्रममा सैनामैना लगाएत अन्य पालिकाहरुबाट समेत गरि हजारौं श्रद्धालुभक्तजनहरुको सहभागिता रहेको थियो । सैनामैनाको इतिहासमा पहिलो पटक करोड बढी दिप प्रज्वलन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनुभयो । ‘श्रद्धालुभक्तजनहरुको उत्साहजनक सहभागिताले हामीलाई उत्साह थपेको छ, हामीले एक करोड दिप प्रज्वलन गर्ने भनेका थिएऔं तर भक्तजनहरुको उत्सहले करिब डेढकरोड दिप प्रज्वलन गर्न सफल भयौं’–उहाँले भन्नुभयो । दिप प्रज्वलनका लागि विभिन्न टोल विकास संस्था, आमासमुह र भक्तजनहरुले नाम टिपाई दिप (धागो)बनाई दिप प्रज्वलनमा सहभागी भएका थिए । पुजाको आरम्भ पश्चात श्रीमद् भागवत पाठपारायण, वेद, चण्डी, गीतापाठपारायण, रुद्राभिषेक, करोड दिप प्रज्वलन, तुलसी विवाह, श्रृड्डारिक सन्धयाकालिन महाआराति प्रज्वलन र भजन कृतन सहितका कार्यक्रम विहान देखि साँझसम्म गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव गोकर्ण आचार्यले बताउनुभयो । मन्दिरको ५० औं वर्ष पूरा भएको अवसर पारि २०८१ श्रवण २ गते देखि प्रत्येक महिनाको एकादशीमा श्रृड्डारिक सन्ध्याकालिन महाआराति सहित मन्दिरमा भजनकृतन गरिदै आएको थियो । मन्दिरको २०३१ सालमा स्थापन गरिएको थियो । अहिले नवादुर्गा मन्दिरको शैलापुत्री शक्ति पिठका रुपमा विकास गर्ने गरी गुरुयोजना सहित यस क्षेत्रकै महत्त्वपुर्ण धार्मीक पर्यटनको रुपमा विकास गर्ने गरि मन्दिरको पुनः निर्माणको काम समेत थालिएको छ । जस अन्तरगत गेट निर्माण र बाउण्डरीका काम भैरहेका छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij