बुटवल । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेको छ ।
शिवराज नगरपालिका वडा नं. ९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा प्रहरीको विशेष टोलीले बिहीबार बिहान सर्च अपरेशन गरेपछि केहीबेर तनाव सिर्जना भएको हो ।
प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिंदा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् । सर्च अपरेशनका क्रममा चन्दको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, ,चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।
सर्च अपरेसन गर्दैगर्दा स्कूले विद्यार्थी समेतको उपस्थिति भएकाले आफूहरुले संयमता अपनाएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो । यहाँ विप्लवका परिवारको बसोबास रहँदै आएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्