देवदह । रुपन्देहीको देवदहमा लागेको राष्ट्रिय औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको आकर्षणका रुपमा ठुलो आकारको खुकुरी रहेको छ ।
४२ किलोग्राम तौल तथा ९८ इन्च लामो रहेको खुकुरी मेलाको आकर्षणका रुपमा रहेको छ । खुकुरीलाई एक्लै मानिसले उठाउन नसक्ने र तीन जनाको सहायताले मात्र खुकुरी उठाउन सकिने छ । बुर्तिवाङ आरन ब्यवसायि सेवा वागलुङ्गले पहिलो पटक देवदह मेलामा ठुलो आकारको खुकुरी ल्याएको हो ।
मेलाको स्टल नम्बर १ सय ४१ मा राखिएको खुकुरी नेपालकै ठुलो आकारको खुकुरी रहेको स्टलधनी मनबहादुर विकले बताएका छन् । मानबहादुरले आफ्नो आरनमा स्थानीय सरोज, गणेश, दुर्गा, दिनेश, मिलन, डम्बर, शंकर र पुरन गरि आठ जनाको सहयोगमा ११ दिन लगाएर खुकुरी तयार पारेका हुन् । आफ्नै लगानीमा बनाएको खुकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा राख्न दिने इच्छा रहेको मनबहादुरले बताए ।
उनले नेपाल विर गोर्खालीले बोक्ने खुकुरीको देश हो भनेर चिनाउन पनि स्वदेशी तथा विदेशीहरु भित्रिने अन्तर्राट्रिय विमान स्थलमा खुकुरी राखेर नेपाललाई चिनाउने रहर रहेको सुनाए । सो खुकुरीको बजार मुल्य अहिले एक लाख ११ हजार १ सय ११ रहेको विकले बताए । कसैले आफुलाई अडर दिए बनाएर दिने समेत बताए ।
यसैबीच देवदह मेलामा ताजा जुस विक्रि वितरण भई रहेको छ । सुन्तला, मौसम र कागतीका ताजा जुस मेलामा जाने दर्शकका लागि नौलो बनेको छ । गुल्मीको धुर्काेटमा रहेको आदर्श फलफुल प्रसोधन केन्द्रले देवदह मेलामा ताजा जुस राखेको हो ।
केन्द्रले विभिन्न प्रकारका फलफुललाई प्रसोधन गरेर ताजा फलफुलको जुस, जाम, सर्बत, जेलि लगायतका पदार्थ उत्पादन गरि मेलामा राखिएको स्टल धनी तथा केन्द्रका संचालक नारायण पोखरेलले जानकारी दिए ।
बैदेशिक रोजगारीबाट फर्किएका पोखरेलले करीव ५ लाखको लगानीमा प्रशोधन केन्द्र संचालन गरेको सुनाए । उनले मेलाको ९० नम्बरको स्टलमा रहेको केन्द्रमा जुससँगै लप्सीको अचार, क्याण्डी लगायतका बस्तु विक्रिवितरण गर्दै आएका छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्