तिलोत्तमा
डेबिस कपमा नेपालबाट अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टीमको नेतृत्व गर्ने टीम व्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीसहित क्रियाशील पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाई तथा शुभकामना कार्यक्रम गरेको हो ।रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेका ज्ञवालीले लनटेनिस विकासमा लागेको अनुभव बताउँदै २०५८ सालदेखि निरन्तर लागेको बताए । लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए । नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टीमको नेतृत्वमा जाने भएका हुन ।
नोभेम्बर १८ देखि २४ तारिखसम्म बहराईनमा हुने डेबिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट र प्रजना मानन्धर रहेका छन् ।
पुरुष टीम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टीमको प्रशिक्षक सरद लामा, महिला टीम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरी १४ जनाको टीम मंसिर १ गते काठमाडौंबाट बहराइनका लागि प्रस्थान हुनेछ । नेपालको रेकिङ १५ स्थानमा रहेको छ ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए । रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टीमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मञ्चका सचिव मनोरन्जन शर्माले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्