सामान्य विवाद हुँदा मामाले गरे भान्जाको विभत्स हत्या

सामान्य विवाद हुँदा मामाले गरे भान्जाको विभत्स हत्या

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

अर्घाखाँचीको शितगंगा नगरपालिका(६, सानाढुंगेमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार स्थानीय ५३ वर्षीय झन्द्रबहादुर गाहाले सोही ठाउँका भान्जा पर्ने ३५ वर्षीय तिलक रेग्मीको हत्या गरेका हुन् । गएको मंगलबार साँझ ५ बजे भने झन्द्र एक्लैले मदिरा सेवन गरेर भान्जा तिलकलाई अनावश्यक गाली गरेपछि भान्जा कारण बुझ्न मामाको घरमा पुगेका थिए । मामा घर जान्छु भनेर हिँडेको श्रीमान रातीसम्म पनि नफर्केपछि तिलककी श्रीमति खोजी गर्दै जाँदा मामाससुरा झन्द्रको घर पुगेर उनले सोधिन् तर झन्द्रले जवाफ फर्काए, ‘‘हो, हिजो आएका थिए । साँझ नै फर्किएका हुन् । यता बस्नु भएन ।’’

त्यसपछि उनी मामा झन्द्रको घरबाट फर्कन लाग्दा त्यहीँ आँगनमा ढुंगामा रगत लत्पतिएको देखिन् । बाटोमा समेत रगतका टाटाहरू देखिन् । श्रीमान्को खोजीका निम्ति हिँडेकी उनी बाटोभरि रगत देखिपछि चिन्तित बनिसकेकी थिइन् । रगतको टाटा देखिएको बाटो हुँदै हिँड्दा मनोजको घरनजिकैको अर्यान भीरपाखोमा तिलक ढलेको अवस्थामा देखिन् ।
तिलकको शरीरका विभिन्न भागबाट रगत बगेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । अनुसन्धान गर्दै जाँदा मामा झन्द्रले नै हत्या गरेको स्वीकार गरे । विवाद के विषयमा थियो र अन्य थप के–के घटना भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij