लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन् । कात्तिक २६ गते उक्त सम्मेलनका लागि प्रस्थान गरेका मुख्यमन्त्री आचार्यको विदाइ सिचुआन प्रान्तका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थलमा गरेका थिए ।

मुख्यमन्त्री आचार्यले चीन भ्रमणलाई लुम्बिनी प्रदेशको समृद्धि र विकासको लागि महत्वपूर्ण रहेको बताएका छन् । “भ्रमणमार्फत लुम्बिनी प्रदेशको विकासका एजेन्डा र योजनाहरु प्रस्तुत गर्न सफल भयौं,“ उनले भने, “लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण तयार गर्नु र विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न भ्रमण महत्वपूर्ण रह्यो ।“

मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालका अनुसार सिचुआन प्रान्त र लुम्बिनी प्रदेशबीचको मितेरी सम्बन्धलाई पुनः सुदृढ बनाउने, लुम्बिनीमा लगानी भित्र्याउने, पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण गर्ने तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाहरुको मितेरी सम्बन्ध स्थापना गर्ने योजना तय गरिएको छ ।

मुख्यमन्त्री आचार्यले सम्मेलनमा सिचुआन प्रान्तका लगानीकर्ताहरुलाई लुम्बिनी प्रदेशमा लगानीको लागि आह्वान गर्दै प्रदेश सरकारले लगानीको सुरक्षामा प्रतिबद्धता जनाएको बताए । उनले बुद्ध सर्किटसँग जोड्न नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लामा मोनोरेल सञ्चालनका लागि अध्ययन गर्न विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेका छन् ।

मुख्यमन्त्रीको टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, जनसम्पर्क सल्लाहकार डा। रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा। सागर न्यौपाने, र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी थिए ।

लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीचको सम्बन्ध सन् २०१९ मा स्थापित भएको थियो, जुन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा भएको थियो। कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति समेत भएको थियो ।

मुख्यमन्त्री आचार्यले भ्रमणको क्रममा पर्यटन भौतिक पूर्वाधार निर्माण, मोनोरेल सञ्चालन, लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना, चिनियाँ विधायन पद्धतिबाट लुम्बिनी प्रदेशसभा सदस्यहरुको क्षमता अभिवृद्धि, कृषक र जडिबुटी उत्पादकहरुको लागि तालिम र बजारीकरणमा सहयोग लगायतका बिषयमा चिनियाँ पक्षसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij