लोक कलाकार खोज्न बुटवलमा अडिसन

लोक कलाकार खोज्न बुटवलमा अडिसन

बुटवल । लुकेर रहेको लोक संगीत विद्याको प्रतिभा खोजीका लागि नेपाल लोक स्टारको बुटवल अडिसनको तयारी पूरा भएको छ ।

सर्बाधिक राशी पुरस्कार भएको नेपाल लोक स्टारको बुटवल अडिसन फागुन २५ गते हुदैछ । अडिसनको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजकले अडिसनको तयारी पूरा भएको जनाकारी गराएको हो ।

बुटवलका एभरेष्ट स्कुलमा लोकस्टारको अडिसन हुदैछ । कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीपछि बुटवलमा अडिसन हुन लागेको हो ।

चाहाना मिडियाले निर्माण गर्ने यो कार्यक्रम एपिवान एचडीमा प्रशारण हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै एपिवान एचडीका डाइरेक्टर तथा लोक स्टारका प्रोगाम हेड सुरेश पौडेलले लुकेर रहेको प्रतिभालाई स्टार बनाउनका लागि ठूलो रियालिटी शो गर्न गरिएको बताए । यो कार्यक्रम नेपाल आइडलकै उचाईमा रहने विश्वास समेत उनले गरे ।
त्यस्तै प्रसिद्ध कलाकार तथा प्रमुख निर्णायक जयनन्द लामाले लोक संस्कृति नेपालको पहिचान भएकाले त्यसको जगर्ना गर्दै यस्ता कार्यक्रमले प्रतिभाको खोजी गर्ने बताए ।

‘सगरमाथा, बुद्धको देश जस्तै नेपाल पनि लोक संस्कृतिको धनी देश भनेर चिनाउन आवश्यक छ, उनले भने–‘लोक संस्कृतिको संरक्षणबाटै मुलुककको अस्तित्व रहिरहन्छ ।’
देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा शीर्ष उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने कार्यक्रम संयोजक माधव थापाले जानकारी दिए । नेपाली लोक स्टारको ३१ भाग बन्ने आयोजक चाहना मिडियाले जनाएको छ ।

यसमा जो कोहीले भाग लिन सक्छन् । अडिसन स्थलमै फर्म भरेर सहभागि हुन सकिने आयोजकले जनाएका छन् । जुनसुकै भाषा, जुनसुकै समुदाय, जुनसुकै भूगोलको लोक गीत गाउन सक्छन् । सहभागीको गायकीको आधारमा उत्कृष्ट प्रतिभा छनौट गरिने छ ।

यसको मूख्य निर्णयक जयनन्द लामा, सुनिता दुलाल, राजमजी खाँड, बिबि अनुरागी रहेका छन् । आयोजकले बुटवलमा हुने अडिसनमा सहभागि हुन प्रतिभाहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij