बुटवल
बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्टको मौसम प्रतिकुलताका कारण ढिलाइ भएको छ । गौतमबुद्ध बिमानस्थलमा मौसममा क्रमिक सुधार आएकाकारण एक बजे यती एयरको विमानबाट पोखरा लैजाने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
लामिछानेलाई विमानस्थल खुल्नेबित्तिकै कास्की पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी रंजित सिंह राठौरले जानकारी दिए । सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग तीन दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको न्यायधिवक्ता पौडेलले उल्लेख गरे ।
बयान लिने क्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो ।
लामिछानेलाई राति ८ः२५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर निकालिएको थियो । बिहीबार पनि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्