भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।
उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज अस्पतालको नवजात शिशु सघन उपचार कक्ष ९एनआईसीयू० मा गएराति आगलागी भएको हो। झाँसी जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरे।
एनआईसीयू भित्रको युनिटमा सट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो। बीबीसीका अनुसार समयमै उद्धार भएकाले अन्य धेरै बालबालिकाको सकुशल उद्धार भएको छ। सेनाको टोलीले अस्पतालको वार्डको सिसा फुटाएर ३६ शिशुको उद्धार गरेको बताइएको छ।
प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्