काठमाण्डौ –
निर्वाचन आयोगले उपचुनाव हुने पालिका तहमा कायम भएका मतदानस्थलरकेन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित पालिकालाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो ।
सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा पालिकामा पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, गाडी र अन्य विद्युतीय उपकरण मर्मतरसम्भार गरी उपचुनावका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ । उपचुनावका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ ।
आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत पालिकाबाट प्राथमिकताका साथ आवश्यक मर्मतरसम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ । उपचुनाव यही मङ्सिर १६ गते हुँदैछ ।
प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्