काठमाडौँ । चलचित्र ‘आफ्नो मान्छे’ को गीत ‘चट्ट रुमाल क्या मालुम’ को रिमेक विवादमा परेको छ। मंगलबार गीतका सर्जक, चलचित्र निर्माण टोलिलाई सम्मान गर्दै सार्वजनिक गरिएको गीत अहिले विवादमा आएको हो।
भर्खरै सार्वजनिक भएको गीतमा स्वर दिएकी गायिका मेलिना राईले पनि असन्तुष्टि व्यक्त गरेकी छन्। देशसञ्चारसँग फोनमा कुरा गर्दै उनले भनिन्, ‘पुरानो गीत जस्ताको त्यस्तै गर्न हामीले सक्दैनौँ तर यो गीत हामीले फाइनल गरेर राख्ने भनेको गीत होइन।’
राईका अनुसार पहिला नै सबैको मनमा बसिसकेको गीतलाई फेरि त्यति नै लोकप्रिय हुने गरी गाउँन सकिँदैन। राईले आफूले धेरै नै प्रयास गरेको र गीत ८० प्रतिशत हाराहारीमा पुगेको तर जुन गीत सार्वजनिक भयो त्यो एकदमै कम गुणस्तरको रहेकाे बताइन्।
मिक्सिङमा जुन गीत राख्ने भनेर निर्णय भएको थियो त्यो राखिएन भन्छिन् राई, ‘मैले यो गीत तीन पल्ट रेकर्ड गरेको छु,’ उनी भन्छिन् ।
गीत सार्वजनिक भएको दुई तीन दिनमा उनले गीत रिप्लेश गर्न भनेकी थिइन् तर भ्यूजको लागि नगरेको उनको आरोप छ।’
‘मैले प्रतिक्रिया पनि हेर्न सकेको छैन, गीतको भिडियो पनि हेर्न सकिन। मलाई त गाली गरिएको छैन तर म यो गीतसँग जोडिएको छु, त्यसैले म बोल्न पर्छ।’
उनले भनिन्, गीत राम्रै जाओस् भन्ने हुन्छ। नराम्रो जाँदा हाम्रो पेशालाई नै प्रश्न आउँछ। त्यसैले सार्वजनिक भएको गीतको सट्टामा अर्कै हुनुपथ्र्यो।
चट्ट रुमाल क्या मालुम गीत चलचित्र आफ्नो मान्छेको गीत हो। पुरानो गीतमा संगीतकार तथा गायक सम्भुजित बास्कोटा अनि साधना सरगमको स्वर रहेको छ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्