काठमाडौं-नेपाल प्रिमियर लिग एनपीएलमामा सुदु पश्चिम रोयल्सले काठामाडौं रोयल्सलाई पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको काठमाडौं गुर्खाजलाई सुदुरले ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
तर जवाफमा मैदानमा उत्रिएको काठमाडौंले १५।५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन ५४, कप्तान ऐरीले ४३, विनोद भण्डारी ३६, सैफ अलि जेबले ११, रोहन मुस्ताफा चार, आरिफ शेख तीन, त्यस्तै इशान पाण्डले एक र स्कट कुगेलिनले सात रन बनाए।
रसिद खानले दुई,करण केसी जेराड इरास्मत, साहब आलम र रसिद खानले समान एक एक विकेट लिए।
काठमाडौंका लागि स्टेफेन इस्किनाजी ३७, सुमित महर्जन १४, भीम सार्की १० जेरार्ड इरास्मस १० प्रतिक श्रेष्ठ ८ माइकल लेभिट पाँच, शंकर राना तीन, रसिद खान दुई करण केसी नाथन सोटर र साहव आदलमले समान एक एक रन जोडे।
सुदुरका लागि नरेन साउदले पाँच, अविनास बोहरा दुई, सेफ अलिजेफ ,ब्रान्डन म्याकमुलेन समान एक एक विकेट लिए।
पहिलो खेलमा सुदुरपश्चिमले विराटनगर किंग्सलाई हराएर खेलको उत्कृष्ट सुरूवात गरेको थियो भने काठमाडौंले हिजो कर्णालीलाई हराएको थियो। काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्