काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीविरंद्ध पोखराले १० विकेटले जित हात पारेको छ।
टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुर मैदानमा लुम्बिनीले ४ विकेटको क्षतिमा १७० रन बनायो। जितका लागि मैदानममा उत्रिएको पोखराले विना विकेटको क्षतिमा १७६ रन बनायो। ओपनरद्वय दिनेश खरेलले ६१ र आन्द्रेश गोसले १०४ रन बनाए।
लुम्बिनीका लागि लागि कप्तान रोहित पौडेलले ९५ रन, टर्म मरेस ४५, सन्दीप जोरा १८, आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य आउट भए । पोखराका लागि विपिन खत्रीले दुई, म्याट क्रिट्ले एक विकेट लिए।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्