JanataToday.com

Advertisment

SKIP THIS

एनपीएल:कर्णालीको दोस्रो जीत, विराटनगर ७ रनले पराजित

एनपीएल:कर्णालीको दोस्रो जीत, विराटनगर ७ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए ।

 

३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । लोकेश बमले १९ तथा दिपक बोहराले १८ रन जोडे ।

बलिङमा कर्णाली याक्सका नन्दन यादवले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन शर्मालेले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १ विकेट लिए ।

 

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

बोसिस्टोले ४९ बल खेल्दै ५ चौका र३ छ्कका मदतमा सर्वाधिक ६६ रन बनाए । यस्तै ओपनर देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । ९ रनमै २ विकेट गुमाएको कर्णालीका लागि बोसिस्टो र देवले तेस्रो विकेटमा १०२ रनको साझेदारी गरे ।

ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान १ तथा जिसान मक्सुद २ रनमा आउट भए । गुल्सन झा र नन्दन यादवले खाता खोल्न सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्र खर्चिए । प्रतिशले अन्तिम ओभरमा मेडन राख्दै ३ विकेट लिए भने १ रनआउट भएको थियो । कर्णालीले

अन्तिम ओभरमा कुनै रन जोड्न सकेन । जारी एनपीएलमा अन्तिम ओभरमा रन नबनेको यो पहिलो पटक हो ।

यस्तै बसिर अहमदले ४ ओभरमा २२ तथा क्रिस सोलले ४ ओभरमा २५ रन खर्चेर समान २ विकेट लिए ।

 

 

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij