रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै

कास्की ,
सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै छ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो। अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो शनिबार परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गर्न लागिएको हो।

प्रहरीले आज अदालत खुल्नासाथ छैटौं पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी रहेकाले सरकारी वकील कार्यालयले थप समय माग्ने तयारी गरेको सहकारी पीडितका तर्फबाट वकालत गर्दै आएका अधिवक्ता युवराज पराजुलीले बताए। अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ।

रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी लीला पछाई, नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

लामिछानेलाई बुटवल, चितवन, काठमाडौंमा बयान गराई पोखरा लगेको छ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij