मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको रक्तदान कार्यक्रम

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको रक्तदान कार्यक्रम

भैरहवा,
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । आफ्नो चौथो साधारणसभाको पूर्व संध्यामा संघले शुक्रबार बिहान भैरहवास्थित भीम अस्पतालमा कार्यक्रम गरेको हो । साधारणसभाको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताए । कार्यक्रममा २२ यूनिट रगत संकलन भएको अध्यक्ष पाण्डेले जानकारी दिए । कार्यक्रममा अस्पताल विकास समितिलाई २० थान कम्बल पनि हस्तान्तरण गरिएको उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पताल विकास समितिका अध्यक्ष डा। अनन्त कुमार शर्माले रक्तदान जीवनदान भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

 

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता, भीम अस्पताल विकास समितिका अध्यक्ष डा। अनन्त कुमार शर्माको प्रमुख आतिथ्यता, संघका कार्यक्रम समिति सदस्य एवं कार्यक्रम संयोजक विष्णु गौतमको स्वागत, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघको चौथो साधारणसभा यही पुस ६ गते शनिबार ९भोली० लुम्बिनीरोडस्थित श्री विश्वकर्मा मन्दिर परिसरमा हुँदैछ ।

प्रकाशित मिति : शुक्रबार, पुष ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij