करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

लहान: करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने क्रममा सिधा पार्दै गरेको रडमाथिको बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरी का ३५ वर्षीय शम्भु मण्डलको मृत्यु भएको छ भने स्थानीय श्याम कापर घाइते भएका छन् ।

घाइते कापरको मिर्चैयास्थित रेखा नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सिरहाकै धनगढी नगरपालिका–६ स्थित गणपैत यादवको घरमा काम गरी बस्ने उदयपुर गढी गाउँपालिका–८ का ४० वर्षीय कान्छा भन्ने चन्द्रबहादुर आलेमगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पानी तान्ने मोटर छुँदा करेन्ट लागेर आलेमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, असार २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij