गुरुकुल शिक्षा विकासको लागि ध्यान दिन्छौं : मुख्यमन्त्री आचार्य

गुरुकुल शिक्षा विकासको लागि ध्यान दिन्छौं : मुख्यमन्त्री आचार्य

कपिलवस्तु,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरुको स्तरोन्नतिका लागि प्रदेश सरकारले ध्यान दिने बताएका हुन् ।
‘प्रदेशभित्र रहेका प्राचिन विद्या केन्द्रहरुको अध्ययन गरेर यसको स्तरोन्नतिका लागि सरकारले योजना बनाउँछ’उनले भने,‘यहाँ पढाइ हुने विषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्नेछ ।’

 

कपिलस्तुको खरेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हँुदै आएको छ । माथिल्लो कक्षाका लागि स्वर्गद्वारी पठाउने गरिएको छ । मुख्यमन्त्री आचार्यसँग खरेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्राबास निर्माणको लागि आग्रह गरिएको छ । ‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउछौं भन्ने आशा छ’पाठशालामा कार्यरत चुडामणी पोख्रेलले भने,‘बहुउपयोगी धर्मशाला र छात्राबास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्नेछ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा भौतिक सुधारका लागि १० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : बुधबार, पुष १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij