आज देशभरको मौसम सामान्यतया सफा रहने, चिसो बढ्यो

आज देशभरको मौसम सामान्यतया सफा रहने, चिसो बढ्यो

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर सामान्य हिमपातको सम्भावना रहे पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

आज चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम सात दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज बिहान चार दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने मौसमविद् मानन्धरले बताउनुभयो ।

यसैबीच भोलि बेलुकादेखि पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएर बदली र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोख्रेलले पर्सि शनिवार काठमाण्डौ उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij