राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान शुक्रबार सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान शुक्रबार सकियो

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको वयान शुक्रबार सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको वयान लिईएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ । पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ । आइतबारदेखि पुनः वयान सुरु हुनेछ । सबैको वयान सकिएपछि मात्रै थुनचेक बहस हुने स्रेस्तेदार खनालले बताए ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले गत शुक्रबार र आइतबार गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij