JanataToday.com

Advertisment

SKIP THIS

दश करोडको कारोवार गर्दै देवदह मेला सकियो

दश करोडको कारोवार गर्दै देवदह मेला सकियो

बुटवल । देवदहमा जारी पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव मंगलबार सकिएको छ । मेलाको करिव ३ लाख दर्शकले अवलोकन गरेको र दश करोड वरावरको कारोवार गरेको मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ । फागुन १७ गतेदेखि लागेको मेलामा कृषि, पर्यटन, गार्मेन्ट, अटो, सूचना तथा प्रविधि, होटल रेष्टुरा लगायतका करिव तीन सय स्टलहरु राखिएको थियो ।

मेलाको समापन गर्दै प्रतिनिधी सभा सदस्य छवीलाल विश्वकर्माले मुलुकमा शान्ति सुरक्षाको सुदृण गर्न केन्द्रीय सरकार गम्भिर रहेको बताए । उनले देवदहमा श्रृंखलाबद्ध रुपमा घट्ने घटनाले ब्यवसायिलाई त्रसित पारेको उल्लेख गर्दै शान्ति सुरक्षालाई चुस्त राख्न देवदहमा ईलाका प्रहरी कार्यालय स्थापनाका विषयमा केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए । उनले स्थायी प्रदर्शनी स्थल निर्माणका लागि आफ्नो भूमिका सकारात्मक रहने उनको भनाई छ । कृषि प्रवद्र्धनको विषय केन्द्रीय सरकारले गम्भिरताका साथ लिएकाले कृषकका समस्या समाधान गर्न खुल्ला हृदयका साथ लाग्ने उनले आश्वासन दिएका छन् ।

देवदहमा सम्पन्न मेलाले देवदहमा श्रृंखलाबद्ध रुपमा धेरै अपराधिक घटना घट्ने गरेको भन्दै शान्ति सुरक्षा चुस्त बनाउन ईलाका प्रहरी कार्यालयको स्थापना, देवदहमा स्थायी प्रर्दशनी स्थल निमार्ण, देवदह औद्योगिक क्षेत्र छनोट, देवदहको एतिहासिक पर्यटकीय स्थलको प्रमाणिकरणका लागि उत्खनन् लगायतका विषयलाई उठाएको छ ।

मेलाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले देवदहमा शान्ति सुरक्षा चुस्त नभएसम्म ब्यवसायिहरु त्रासमा आफ्नो ब्यवसाय संचालन गर्नु परेको बताए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा देवदहमा आयोजना गर्ने मेला तथा महोत्सवलाई समयसमयमा घट्ने अपराधिक घटनाले थप चुनौति थपिदिएकोले शान्ति सुरक्षालाई चुस्त बनाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।

संस्थाका उपाध्यक्ष मिना श्रेष्ठको स्वागत तथा महासचिव हरि भण्डारीको संचालनमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकालले आउने वर्ष देवदहमा मेला आयोजना गर्ने संस्था देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गलाई देवदह मेला दीप हस्तान्तरण गरेका थिए । देवदहमा मेला गर्दा मेला गरेको संस्थाले अर्काे वर्ष मेला गर्ने संस्थालाई मेला दीप हस्तान्तरण गर्ने कार्यक्रम अनुसार देवदह ब्यापार संघलाई दीप हस्तान्तरण गरेको हो ।

१२ दिनसम्म चलेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसँगै आकाशे बेलुन, सेल्फी स्टेसन, ठुलो आकारको खुकुरी, घोडा सफारी, कृषकहरुका लागि निःशुल्क माटो परीक्षण शिविर, सिङ्गिङ÷डान्सीङ्ग आइडल, कपल डान्स, खुल्ला लोकगीत तथा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, अन्तर विद्यालय पब्लिक स्पिकिङ्ग, विद्यालय स्तरीय भलिबल, स्लो बाईक रेस, विज्ञान प्रदर्शनी प्रतियोगिता, अन्तर आमा समूह कला प्रस्तुति लगायतका कार्यक्रम भएका थिए ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij