बुटवल-लायन्स क्लव अफ बुटवल सिद्धबाबाले न्यानो कपडा वितरण गरेको छ ।बुटवल उपमहानगरपालिका वडा नम्बर १७ स्थित श्री जनशक्ति नमूना भिम प्रसाद गोमाता न्यौपाने आधारभुत विद्यालयमा कक्षा १ देखि ३ सम्म का ९३ विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । चिसोका कारण विद्यार्थीहरु प्रभावित नहुन र तातो कपडा लगाउन पाउन भन्ने उदेश्यले सहयोग स्वरुप न्यानो कपडा वितरण गरेको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी लायन्स इन्टरनेस्नल ३२५ पि का नेपाल डिष्ट्रिक गभर्नर एम जे एफ पुरुषोत्तमभक्त प्रधानाङगाले सम्बोधन गर्दै समाज सेवाका काममा लायन्स क्लवअफ बुटवल सिद्धार्थ सवै क्लव भन्दा अगाडि रहेको बताए। उनले धेरैजस्तो विपन्न र उत्पीडित वर्गका बालबालिका अध्ययन गर्ने यस विद्यालयका विद्यार्थी भविष्यको कर्णधार भएकोले यी साना नानीबाबुहरुलाई राम्रो शिक्षा र वातावरण दिन सकियो भने भोलि को दिनमा राम्रो ठाँउमा स्थापित हुने भएकाले यस्ता सहयोगका कार्यक्रम महत्वपूर्ण हुने बताए ।
चिसोको समयमा बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन्। बालबालिकालाई उपलब्ध गराएको स्वीटरले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीले बताइन्। उनले आगामी दिनमा पनि विद्यालयमा यस्ता सहयोगका कार्यक्रम निरन्तर गर्न आह्वान गरिन् ।
कार्यक्रममा अध्यक्ष सिताराम रसाइलीले बुटवल उपमहानगरमा अवस्थित भएपनि यस विद्यालयमा आवश्यकता महसुस गरेर आफुहरुले सक्दो सहयोग गरेको बताए ।उनले मानविय भावना हड्दै गैरहेको समयमा लायन हरुले सवै बाचौ र बचाउ भन्ने भावनाका साथ आफूहरुले काम गरेको बताए ।
कार्यक्रममा एरिया ४ चिफ कोर्डिनेटर लायन्स दिपक पैसाद श्रेष्ठ,जोन चेयर प्रसन लायन्स ओम थापा,पूर्व अध्यक्ष लायन्स झविन्द्र अधिकारी, लायन्स ठाकुर प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समिती अध्यक्ष टंक प्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रथम उपाध्यक्ष लायन्स भूमि प्रसाद सापकोटाको स्वागत एवम सचिव लायन्स महेश पाण्डेको संचालन सम्पन्न भएको हो । साथै उक्तm कार्यक्रममा मुकुन्द बजगाइ र डिलाराम लामिछाने क्लवमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्