JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही सुपर लिगमा बुटवल ११ क्रिकेट क्लब विजयी

रुपन्देही सुपर लिगमा बुटवल ११ क्रिकेट क्लब विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आज भएको डिभिजन ‘ए’ को खेलमा प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवालाई ७३ रनले पारजित गर्दै बुटवल ११ क्रिकेट क्लब बुटवल विजयी भएको छ ।
टस जितेर ब्याटिङ गरेको बुटवल ११ ले निर्धारित ५० ओभरको खेलमा ३९.५ ओभरमा सबै विकेट गुमाई १ सय ५९ रनको योगफल बनाएको थियो । उसका लागि तौसिफ आलमले नटआउट ७६, इश्वर गुरुङले ३७ र अमित श्रेष्ठले १३ रन बनाए । बलिङमा प्रोफेसनलका सामोद पौडेलले ३, बले ठकुरीले २, शैलेष श्रीवास्तव र अमर लिम्बुले समान १÷१ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ६० रनको लक्ष्य पछ्याएको प्रोफेसनलले २१.२ ओभरमा सबै विकेट गुमाई जम्मा ८६ रन मात्रै बनायो । उसलाई सस्तैमा समेट्न बुटवल ११ का प्रकाश केसीले ४ विकेट लिए । यस्तै, कृष्ण सेनले ३, देवेन्द्र सोमरे, सुदन श्रेष्ठ र बिशाल भुसालले समान १÷१ विकेट लिए । ब्याटिङमा प्रोफेसनलका लागि अजय रसाइलीले २७ र आदित्य त्रिपाठीले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । खेलमा बुटवल ११ का तौसिफ आलम म्यान अफ दी म्याच घोषित भए ।हिजो भैरहवाका बुम एमसीसी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताउनुभयो । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij