JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा ६मा‘वडाअध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’सम्पन्न

तिलोत्तमा ६मा‘वडाअध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’सम्पन्न

 

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन गरिएको ‘वडाअध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यक्रम अन्तर्गत वडा नम्बर ६ गीता मन्दिर भवनमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले वडा नम्बर ६ ले गरेको सराहनीय कार्यको प्रशंसा गरे । उनले आगामी दिनमा सबै वडामा यस्तो खालको परीक्षण सेवा विस्तार गरिने बताए । नगरप्रमुख खाणले जेष्ठ नागरिकको सम्मानमा उहाँहरुको दीर्घायुका लागि वडाले यस्तो कदम चालेको समेत बताए ।

स्वास्थ्य चेकजाँच गराएका बिरामीहरुलाई निःशुल्क औंषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जेष्ठ नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए ।

शिविरमा कबि ५० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको तिलोत्तमा नगरपालिका आनन्दवन स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य शाखा अधिकृत राम प्रसाद चुंदालीले जानकारी दिए । उनका अनुसार शिविरमा ६८ वर्षमाथि उमेरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा सुगर, प्रेसर, दम, पिसाब, ईसीजी जस्ता रोगहरुको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य सेवा लिन आएकामध्ये धेरैजसो मधुमेह, उच्च रक्तचाप र दमका बिरामीहरु रहेको आनन्दवन स्वास्थ्य चौकीका इञ्चार्ज स्वास्थ्य शाखा अधिकृत चुंदालीले जानकारी गदिए ।

त्वयस्तैगरी डा सदस्य पूर्ण प्रसाद आचार्य संजयले जेष्ठ नागरिकहरुको लागि उक्त कार्यक्रम निकै प्रभावकारी रहेको बताए । शिविरमा वरिष्ठ फिजिसियन डा। कृष्ण चन्द्र गोदार, वडा सदस्य सीता गौतम, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्री, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे लगायतले स्वास्थ्य सेवाका विषयमा भनाइ राखेका थिए । परीक्षणपश्चात ज्येष्ठ नागरिकलाई औषधि समेत निःशुल्क प्रदान गरिएको थियो

प्रकाशित मिति : शनिबार, पुष २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij