उत्कृष्ट बिध्यार्थी र उनका अभिभावक सम्मानित

नेपाल शिक्षक सङ्घ तिलोत्तमा नगर कार्य समितिको १० औं प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक सङ्घ तिलोत्तमा नगर कार्य समितिको १० औं प्रतिनिधि सभा सम्पन्न

तिलोत्तमा,नेपाल शिक्षक सङ्घ तिलोत्तमा नगर कार्य समितिको १० औं प्रतिनिधि सभा सम्पन्न भएको छ ।

सो अवसरमा ११ जना दीर्घसेवी शिक्षक कर्मचारी, ६ जना सेवा निवृत शिक्षक कर्मचारी, २० जना नवनियुक्त शिक्षकहरुलाई सम्मान गरिएको छ ।

यस्तै तिलोत्तमा नगरपालिकामा सरुवा भई आउनुभएका ४ जना शिक्षकलाई स्वागत गरिएको छ । सोही अवसरमा एसएलसी, एसइइ र आधारभूत तहमा उत्कृष्ट हुने विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाई समेत सम्मान गरिएको छ ।

संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षता तथा सचिव दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले समाजलाई कस्तो बाटोमा लैजाने भन्ने महत्वपूर्ण भूमिका शिक्षकहरुको रहेको हुँदा असल मार्गदर्शक बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कुलप्रसाद लामिछाने, संघका जिल्ला अध्यक्ष रुप कुमार रायमाझी, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, नेपाल ट्रेड युनियन काङ्ग्रेस लुम्बिनीका महासचिव हिम बहादुर के.सी., नेपाली काङ्ग्रेश तिलोत्तमाका सभापति हरीलाल पाण्डेय, तिलोत्तमा वडा नं २ का अध्यक्ष डिल बहादुर भट्टराई लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

उपाध्यक्ष अमर डि.सी.ले स्वागत गर्नुभएको कार्यक्रममा सचिव दिनेश खड्काको सांगठनिक प्रतिवेदन र अर्थ सचिव गुरु प्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ।

प्रकाशित मिति : आइतबार, पुष २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij