चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए।
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।
घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उहाँले बताए। राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्