मुम्बई ।भारतीय अभिनेता अनिल कपूरले बलिउड फिल्म उद्योगमा चार दशक पूरा गरिसकेका छन् । तर अझै पनि उनको जवान लुक देखेर जो कोही हैरान हुन्छन् । साथै अनिल कपूर यसरी जवान देखुनुको पछाडिको राज जान्न उनका फ्यानहरु आतुर हुन्छन् ।
६२ वर्षको उमेरमा पनि अनिल कपूर उनको उमेरभन्दा निकै नै तन्नेरी देखिन्छन् । हालै अनिल कपूरले उनको अब आउने फिल्म ‘मलंग’ का सह-कलाकारहरुसँगको सामुहिक तस्बिर आफ्नाे इन्स्टाग्राम एकाउन्ट मार्फत सेयर गरेका छन् ।
तस्बिर सार्वजनिक भएसँगै अनिल कपूरको लुक देखेर उनका फ्यानहरुले ६२ वर्षको उमेरमा पनि यति जवान देखिएको भन्दै तारिफ गरेका छन् । केहीले भने उनी कसरी आफूलाई यति जवान राख्न सफल छन् भनेर प्रश्न पनि साेधेका छन् ।
अभिनेता अनिल कपूरले यसको जवाफ दिँदै भनेका छन्, ‘म बाहिर र मन भित्रैबाट खुशी छु । म जवान देखिनुको पछाडिको रहस्य भनेको म कडा परिश्रम र मेहनत गर्छु ।’
फिल्म ‘टोटल धमाल’ मा शानदार अभिनय गरेका अनिल कपूरले आउँदाे फिल्म ‘मलंग’ को काम पनि सुरु गरिसकेका छन् ।
यस फिल्ममा अनिल कपूरका साथै अभिनेता आदित्य रोय कपूर, कुणाल खेमु तथा अभिनेत्री दिशा पाटनीको पनि अभिनय रहनेछ । मोहित सुरीको निर्देशनमा बन्ने फिल्म ‘मलंग’ अर्को वर्षको फेब्रुअरी १४ मा रिलिज हुनेछ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्