काठमाण्डौ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायल सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बाससँग हिजो भएको भेटमा उहाँले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउनको लागि पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्यवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी गराउनुभएको थियो ।
यसैबीच विपिको रिहाइको लागि सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड पनि शुरू भएको छ । २०८० असोजमा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता हुनुभएको छ ।
हमासले हालै ३४ जना बन्धकहरूलाई मुक्त गर्ने भने पनि जोशीको नाम सूचीमा छैन । विपिनको रिहाइका लागि थप दबाब दिन सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड चलाइएको हो ।
प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्