भैरहवा, पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसँगै स्थानिय पालिकाहरुले न्यानो कपडा वितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्यधिक चिसो बढेको छ । चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकासहित अन्य पालिकाहरुले पनि न्यानो कपडा वितरणलाई प्रभावकारी बनाएका छन् । चिसो बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्षमाथिका र अति अशक्त नागरिकलाई कम्बल वितरण गरेको छ । सियारीले सबैजसो बडामा घरमै गएर कम्मल वितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
चिसोका कारण मजदूरी गरेर जीविको चलाउनेहरु, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । चिसोका कारण सडकमा यातायातका साधन कम गुडेका छन् भने नागरिक पनि कम मात्रामा घरबाहिर निस्किएका छन् ।
प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्