सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय ससदमा पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

 

सो विधेयक संसदमा पेश गर्न शुक्रबारको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए ।

 

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले शुक्रबारको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिए ।

शासकीय सुधारसँग सम्बन्धीत कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरु निर्माणका लागि निर्णय गरेको उनको भनाइ छ ।

आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका गरेको पनि उनले बताए ।

सरकारकारी काम सात दिन भित्र निर्णय गर्ने र निर्णय नभए कारबाही हुने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, पुष २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij