मिस नेपालको बुटवल अडिसन शुक्रबार

मिस नेपालको बुटवल अडिसन शुक्रबार

बुटवल । मिस नेपाल २०१९ का लागि बुटवलमा शुक्रबार बुटवलमा अडिशन हुने भएको छ ।

हिडन ट्रेजरको आयोजनामा हुन लागेको मिस नेपाल २०१९ को बुटवल अडिशन शुक्रबार बुटवलमा हुन लागेको हो ।

आउने मे ९ मा काठमाण्डौमा हुन लागेको मिस नेपालको फाईनलमा सहभागिताका लागि पहिलो चरणको अडिशन मुलुकका विभिन्न शहरमा भै रहेको छ ।

यसैक्रममा बुटवलको एभरेष्ट होटल सुख्खानगरमा अडिशन हुन लागेको हो । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले बुटवलमा बुधबार पत्रकार सम्मेलन गरि मिस नेपालको अडिशन सुरु भएको जानकारी गराएको हो ।

हिडन ट्रेजरका डाईरेक्टर गिरेन्द्रमान राजवंशिले १२ कक्षा पास गरेको, ५ फिट ४ ईन्च उचाई भएको र १९ देखि २५ वर्ष कम उमेरका युवतिहरुले मिस नेपालमा सहभागिता जनाउन पाउने जानकारी दिए ।

उनले मिस नेपालको अडिशनका लागि बुटवल लगायत नेपालगञ्ज, पोखरा, धनगढी, धरान, विर्तामोड लगायतका सहरहरुमा अडिशन भई रहेको समेत जानकारी दिए ।

उनले ति सहरमा भएका अडिशनमा सहभागिता जनाउन नपाएमा काठमाण्डौमा समेत गएर फर्म भरि सहभागि हुन पाउने अवसर रहेको समेत जानकारी दिए ।
पत्रकार सम्मेलनमा मिस अर्थ २०१८ प्रियां सिग्देल, मिस इन्टरनेशनल रोनाली आमात्यले सौन्दर्य कला प्रतियोगितामा सहभागिता युवतिको क्षमतावृद्धिको मुख्य पाटो रहेको बताए ।कार्यक्रमको सञ्चालन राजीब खनालले गरेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij