काठमाण्डौ – काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको थुनछेक बहस शुरू भएको छ ।
लामिछानेको तर्फबाट हिजो बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।
लामिछानेका तर्फबाट १० जना कानून व्यवसायीले बहस गर्ने अदालत प्रशासनले जानकारी दिएको छ । शुरूमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस शुरू गर्नेछन् ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
गोरखा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।
प्रकाशित मिति : सोमबार, पुष २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्