JanataToday.com

Advertisment

SKIP THIS

खेलकुद

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न

तिलोत्तमा,

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं  ४ शंङ्करनगरस्थित सिद्धार्थ मा. वि . मा सुरु भएको खेल महोत्सव २०८१ सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गत शनिबारबाट सुरु भएको खेल महोत्सव सोमबार एक समारोहका बिच सम्पन्न भएको हो । समापन समारोहमा विद्यालयका प्राचार्य यम बहादुर रानाले खेलकुदको महत्वबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले खेल महोत्सव अवधिभर सबै विद्यार्थीहरुले देखाएको अनुशासन र सक्रियताको प्रशंसा गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो । खेल महोत्सवको अन्तिम दिन जुनियर, मिडल र सिनियरतर्फ १००×४ रिले दौड, मिडल र सिनियरतर्फ ४०० मिटर दौड, टग अफ वार, म्युजिकल चियर लगाएतका खेलहरु सम्पन्न भएका छन् । प्रत्येक वर्ष जस्तै ३ कि।मि। को छात्र÷छात्रा क्रस कन्ट्री पनि सम्पन्न भएको छ । शिक्षक शिक्षिका तथा कर्मचारीहरुका लागि पनि टग अफ वार, प्लेट रेस र घैटो फुटाउने लगाएतका विभिन्न खेलहरु भएका थिए । खेल संयोजक मेघराज भट्टराइले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले बिचबिचमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विजयी विद्यार्थीहरुलाई बिद्यालयका प्रधानाध्यापक , बिद्यालय ब्यवस्थापन समिति अध्यक्षले प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij