JanataToday.com

Advertisment

SKIP THIS

बुटवल सुनचादी व्यवसायी संघको दोस्रो अधिवेसन

बुटवल सुनचादी व्यवसायी संघको दोस्रो अधिवेसन

सुनचाँदी व्यवसायीमाथि राज्यले अत्याचार गरेको छः रसाइली

बुटवल -नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले राज्यले सुनचादी व्यवसायीलाई अत्याचार गरेको बताए ।
बुटवल सुनचादी व्यवसायी संघको चौथौ र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनको सोमबार उद्घाटन गर्दै राइलीले त्यसको अन्त्यको लागि व्यवसायिक एकता बलियो हुन जरुरी रहेको बताए । अब सुनचाँदी व्यवसायीलाई पुरानो ढंगबाट नभई नयाँ तरिकाबाट अघि बढन जरुरी रहेको उनको भनाइ छ ।
सुन वितरणमा रहदै आएको विभेद अन्त्य गर्दै व्यवसायी सदस्यहरुले सुन पाउने अवस्था सृजना गर्ने प्रतिबद्धता जनाए । व्यवसायमा रहेको समस्या समाधान गर्न वर्तमान नेतृत्व इमानदार रहेर लागेको बताउदै सुन वितरण समान हुने उनको भनाइ छ । त्यसको लागि राज्यसँग सुन माग गरिएको छ । सुन वितरणका लागि नयाँ कार्यविधि बन्दै गरेको जानकारी गराउदै त्यसमा महासंघ १४ बुँदे माग प्रस्ताव सरकारलाई दिएको बताए । नेपाली बजारका लागि दैनिक ४० किलो सुन खपत हुँदै आएको बताउदै बैक मार्फत सुन वितरण दिने गरेको जानकारी दिए । राज्यले लिएका नीति व्यवसायीले पालना गर्नुपर्ने बताउदै त्यसको लागि राज्यले नीति पनि व्यवसायीमैत्री हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतम, लुम्बिनी प्रदेश सभापति धुर्व कुमार गहतराज, केन्द्रीय सदस्यहरु चेत नारायण विश्वकर्मा, दिपक कुमार स्वर्णकार, राजेन्द्र सुनार, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम बहादु सुनार, निवर्तमान केन्द्रीय सदस्य तथा दैनिक लुम्बिनी पत्रिकाका सल्लाहकार एमबि विश्वकर्मा लगायतले बोलेका थिए । बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी बिकको सञ्चालन तथा सहसचिव कृष्ण सुनारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij