JanataToday.com

Advertisment

SKIP THIS

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन प्रकरण : रवि विरुद्धको मुद्दा आज दर्ता भएन

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन प्रकरण : रवि विरुद्धको मुद्दा आज दर्ता भएन

 

बुटवल । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज गर्ने भनिएको पूरक अभियोजन दर्ता प्राविधिक कारणले रोकिएको छ । यस्तै पूर्व डीआइजी छविलाल जोशीविरुद्ध पनि आज मुद्दा दर्ता नहुने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख एवं न्यायाधीवक्ता प्रेमराज पौडेलले जानकारी दिए

पुरानो मुद्दाको मिसिल सर्वोच्च अदालतमा पुगेको तर उक्त मिसिल नआएकाले प्रक्रिया पूरा गर्न ढिलाइ भएकाले आज मुद्दा दर्ता नहुने स्रोतले बतायो । रवि लामिछानेमाथि व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ। यस्तै जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। प्रहरीले अनुसन्धान सकेर एक साताअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिल कार्यालयले एक साता अध्ययन गरेर अभियोग पत्र तयार गरेको हो। यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो।

लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए। त्यसलगत्तै लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर थुनछेक बहस हुँदा त्यहाँबाट पनि ६० लाख धरौटीमा रिहा भएका थिए । । तर, जोशी भने अझै काठमाडौं अदालतमा उपस्थित भएका छैनन्। उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफैँ काठमाडौं प्रहरी वा अदालतमा उपस्थित हुने सर्तमा रिहा गरेको थियो। रुपन्देहीमा अभियोग पत्र दायर भएपछि रवि त्यहाँ पनि आफैँ उपस्थित हुने बताइएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij