JanataToday.com

Advertisment

SKIP THIS

बुटवलका बिभिन्न ठाउँमा चोरी गरेको आरोपमा बुटवलमा २ जना पक्राउ

बुटवलका बिभिन्न ठाउँमा चोरी गरेको आरोपमा बुटवलमा २ जना पक्राउ

बुटवल  , बुटवलका बिभिन्न ठाउँमा चोरी गरेको आरोपमा बुटवलमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर २ का चन्द्रमान लामा रहेका छन् ।

बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी गर्दै हिँडेको अभियोगमा उनिहरूलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

पक्राउ गरिएका व्यक्तिहरूले लामो समयदेखि समूहमा बसेर लुटपाट गर्दै आएको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।

उनीहरूले गत पुस १५ गते बुटवलको राजमार्ग चौराहामा समेत चोरी गरेको प्रहरीको दाबी छ । उनीहरूको साथबाट ६३ हजार ५ सय नगद र ४ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, माघ ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij