JanataToday.com

Advertisment

SKIP THIS

नेपाल क्रिकेट संघ क्यानले गर्यो सन्दिप लामिछानेलाई कारबाही

नेपाल क्रिकेट संघ क्यानले गर्यो सन्दिप लामिछानेलाई कारबाही

काठमाडौं  नेपाल क्रिकेट संघ क्यानले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।

आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ। सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए। अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन्।

लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन्। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ।

तर, पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन्।

प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij