राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने भैरहवामा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने भैरहवामा

file

तिलोत्तमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि आज भैरहवा आइपुगेका छन् ।

लामिछाने माथी जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित हुन भैरहवा आइपुगेका हुन् ।बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ ।

मंगलबार बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४(८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ साँझ उनी भैरहवा आइपुगेका हुन् ।

भैरहवाको होटल मेरिगोल्डमा बसेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने अदालतमा हाजिर भएपछि उनको बयान हुनेछ र त्यसपछि थुनछेक बहस सुरु हुने रास्वपा श्रोतले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij