JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुपरलिगः खुकुरी ९७ रनले विजयी

रूपन्देही सुपरलिगः खुकुरी ९७ रनले विजयी

भैरहवा, मेलवर्न क्रिकेट क्लब  लाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि साहब आलमले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रनको योगदान गरे । बलिङमा एमसीसीका अब्दुल हबिब र विपिन आचार्यले २–२ तथा रमेश कुर्मी र अरुण पाठकले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एमसीसी ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय ३५ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि विपिन आचार्यले ४१, विजय प्रजापतीले २९, रमेश कुर्मीले २३ र सन्दीप रजालीले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा खुकुरीका साहब आलम, सन्देश जिसी र अजयकुमार चौहानले ३–३ तथा दुर्गेश गुप्ताले १ विकेट लिए । खेलमा साहब आलम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij