जरीन खानले कसरी घटाइन ५० किलो तौल ?

जरीन खानले कसरी घटाइन ५० किलो तौल ?

बलिउड अभिनेत्री जरीन खानले उनको फिल्मी करियरको सुरुवातको क्रममा धेरै आलोचनाको सामना गर्नु परेको थियो ।

उनको पहिलो फिल्म ‘वीर’ मा उनले गरेको अभिनयको भन्दा बढी चर्चा उनको तौलको भएको थियो । अहिले उनी हेर्नमा एकदमै फिट, दुब्ली र सुन्दर देखिन्छिन् तर जरीनको फिल्ममा आउनु भन्दा अगाडिको तौलसुन्दा आश्चर्य लाग्न सक्छ । जरीन फिल्ममा आउनुअघि उनको तौल एक सय किलोको थियो । तर अहिले उनले ५० किलो वजन घटाइसकेकी छिन । १०० किलो वजनलाई घटाएर ५० किलो सम्मको उनको यात्रा निकै कठिन रहेको छ ।

उनले भनेकी छिन्, ‘मेरो लागि १०० किलो वजन घटाएर ५० किलोसम्मको यात्रा तय गर्न निकै कठिन थियो । तर मैले यसबाट भुल्नै नसक्ने पाठ सिकेँ । सुरुमा मलाई धेरै अप्ठ्यारो भएको थियो किनकी म कतै जाँदा छोटो दूरी नै भए पनि हिँडेर जाँदिनथँे । म जंक फुड खाएरै बाँचिरहेकी थिएँ । म साधारण पानीको सट्टा जुसहरु पात्रै पिउथेँ । तर पछि यी सबै कुराको बानी परिवर्तन गरेर अनुशासित जीवन जिउन सुरु गरेँ । ’

जब उनले एक्सरसाइज गर्न सुरु गरिन् तब उनलाई फरक महसुस भएको बताएकी छिन् । उनी भन्छिन्, ‘यो सब कुरा गर्दा आफूमा आएको परिवर्तनले उत्साह बढ्ने गर्दथ्यो । मलाई हरेक किसिमका लुगाहरु फिट हुन थाले । आफू फिट भएको देख्दा मलाई राम्रो लाग्न थाल्यो । त्यसपछि मैले फिटनेसलाई आफ्नो जीवनशैली बनाएँ । तर मलाई कसैले मोटी भन्यो भनेर वा कसैको दबाबमा आएर यस्तो गरेकी थिइन । म आफैले फिट रहनुका फाइदाहरु बुझेँ, साथै मोटोपन र अत्याधिक वजनले निम्त्याउने रोगहरुबारे बुझेँ । त्यसैले मैले यो सब गरेकी हूँ ।’

जरीनलाई लाग्छ वर्षौँदेखि प्लस साइजका व्यक्तिहरुलाई तल्लो स्तरको व्यवहार गरिन्छ । साथै उनी स्कुल र कलेजका दिनहरुमा प्लस साइजकी हुदा कहिले पनि राम्रो र स्टाइलिस लुगाहरु लगाउन पाइनन् । जस्तो भेटिन्थ्यो त्यस्तै लुगा लगाउनु बाहेक उनीसँग कुनै विकल्प थिएन । उनीसँग यस किसिमका व्यक्तिहरुको अस्तित्व नै छैन जस्तो व्यवहार गरिन्थ्यो । यही कारण उनलाई आफ्ना लागि लुगाहरु नै नबनाइएको जस्तो लाग्थ्यो ।

उनले बलिउडमा करियर सुरु गर्दा नराम्रोसँग बडी शेमिङ्ग झेल्नु परेको थियो । यसबारे जरीन भन्छिन् ‘त्यसबेला म फिल्म उद्योगमा नयाँ थिएँ । धेरैजनासँग चिनजान थिएन । सायद यही कारण हुन सक्छ यहाँका मानिसहरु म के सोच्दछु, के महसुस गर्छु वा मेरो के विचार छ भन्ने कुरा जान्न चाहन्नथे । अहिले म यहाँ आएको केही समय भइसक्यो । त्यसैले केही व्यक्तिहरु मलाई चिन्न थालेका छन् । साथै मेरो भावना र विचारको सम्मान गर्न थालेका छन् । तर कसैले पनि बडी शेमिङ्ग गर्नु गलत हो । कोही व्यक्ति आफ्नो शरीरदेखि खुशी छ । आफ्नो घरको खाना खान्छ, आफ्ना लागि आफै कमाउँछ भने अरुले आएर ‘तिमी कस्तो देखिन्छ्यौ वा कस्तो देखिनु पर्छ’ भन्नु अनावश्यक हो । यस संसारमा कसैको मोटोपन बाहेक अरु पनि चर्चा गर्न लायकका धेरै विषयहरु छन ।’

सलमान खानको फिल्म ‘वीर’ मार्फत बलिउडमा डेब्यू गरेकी जरीन खानले ‘हेट स्टोरी ३, अक्सर २’ मा काम गरिसकेकी छिन् । विक्रम भट्टको निर्देशमा बनेको हरर फिल्म ‘१९२१’ जरीनको पछिल्लो फिल्म हो । २०१८ को जनवरीमा प्रदर्शन भएको यस फिल्ममा उनी करण कुन्द्राका साथमा देखिएकी थिइन् ।

प्रकाशित मिति : शुक्रबार, असार २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij