JanataToday.com

Advertisment

SKIP THIS

आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल ८३ रनले पराजित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल ८३ रनले पराजित

काठमाडौं

आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ।मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एलिसा यादवले ९, साना प्रविनले ८, सावित्री धामीले ७, सिमाना केसीले ६ रन बनाउँदा तिर्सना विश्वकर्मा १ रनमा आउट भइन्।

लगातार तेस्रो हारसँगै नेपाल सुपरसिक्समा प्रवेश गर्न नसकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेका चार टिममध्ये अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेश सुपरसिक्समा पुग्दा नेपाल भने असफल भयो। नेपालले समूहका सबै टिमसँगको खेल हारेको छ।

नेपाल बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।

तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्।

प्रकाशित मिति : बुधबार, माघ ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij